
काभ्रेपलाञ्चोक:- बङ्गलादेशमा आयोजित प्रथम बंगबन्धु अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा विष्णु खत्रीले २ वटा पदक जितेका छन । काभ्रेपलान्चोक जिल्ला बेथानचोक गाउपालिका वडा ५ भंगलाका खत्रीले व्यक्तिगत समेत गरेर २वटा पदक जित्न सफल भएका हुन् ।
अक्टोबर १९ देखि २१ तारिखसम्म भएको प्रतियोगितामा खत्रीले नेपालको तर्फबाट प्रतिनिधित्व गरेका थिए । प्रतियोगितामा उनी पुम्सेमा रजत हात पार्न सफल भएका हुन् ।
त्यसैगरी टिम पुम्सेमा विष्णु खत्रीसहित लेखबहादुर गुरुङ र गंगाराम आचार्यको टिमले कास्यपदक मेडल हात पर्न सफल भएको छन ।