
दिनेश भण्डारी/ काठमाडौं – बिगत लामो समय देखि गीत संगीत मा आफ्नो छुट्टै पहिचान बनाउदै आएका संगम थापा काँठे क्षेत्रमा निकै सक्रिय देखिन्छन्। एक पछि अर्को गर्दै गीत संगीत लाई बजार ल्याउने काम पनि निरन्तर हुँदै आएको देखिन्छ । जस्तो सुकै गीत संगीत मा आफ्नो कुनै सहकार्य रहन्छ त्यो गीत करोड क्लबमा पुग्ने गरेको छ।
गीत संगीत को लामो अनुभव गर्दै गीत संगीत मै दौडिरहेका थापा आज भोलि पनि गीत संगीत मै व्यस्त देखिन्छन्। यस्तै सर्जक सम्भु नेपाल पनि यस्तै शिलशिलामा देखिन्छ । यसलाई मध्यनजर गर्दै संगम थापा र सम्भु नेपाल को प्रस्तुति मा “एउटै मुटु” भिडियो सहित बजारमा सार्वजनिक भएको छ । उक्त गीतले पनि अघिल्लो गीत संगीत जस्तै आफ्नो दर्सक स्रोताहरुलाई मनोरञ्जन दिँदै चर्चा कमाउदै आएको देखिन्छ। र संञ्चार माध्यममा पनि उतिकै गुञ्जने गरेको देखिन्छ। संगम थापा सारदा रसाईली र कोपिला वाइवा को सुमधुर आवाज मा रहेको उक्त गीत सम्भु नेपाल को मन छुने शब्द सिर्जना र रामजी थाको संगीत सिर्जना मा सकिएको छ ।
म्युजिक भिडियो मा अनु पराजुली, उमेश भट्ट,र अभिषेक सुनार को धमकेदार अभिनय रहेको छ भने उनेश कार्की को कथा निर्देशन रहेको छ । सरोज साहिको छायांकन र रोशन धिताल को सम्पादन मा म्युजिक भिडियो निर्माण भएको छ । एसिया म्युजिक नेपाल को अफिसियल युट्युब बाट बजार मा सार्वजनिक भएको छ ।
पुरा भिडियो…..