
दिनेश भण्डारी/काठमाडौं- बजारमा काँठे भागा गीत हरु एक पछि अर्को गर्दै बजारमा सार्वजनिक हुँदै आएको देखिन्छ। आएका गीत संगीत ले कतिले सफलता पाउँछन् त कतिले मनोरञ्जन दिँदै गएको देखिन्छ । चलेका वा नचलेका कलाकार र गीत संगीत ले नेपाली संगीत क्षेत्रमा निकै योगदान पुर्याएका हुन्छन् । यस्तै भावना मा सार्वजनिक भएको “झिसमिसे” गीत अहिले विस्तारै सामाजिक सञ्जाल र संञ्चार माध्यममा आफ्नो दर्सक बटुल्दै आएको देख्न सकिन्छ।
लाखौं दर्शकको मान मा बसि एकलौटी राज गर्दै आएका किरण गौतम गीत संगीत क्षेत्रमा निकै बलियो र दरिले देखिन्छ । आफ्नो गित संगीत लाई समय सान्दर्भिक र बजार मा गुञ्जने खालको गीत संगीत सृजनाको गर्दै आएका किरण अहिले निकै चर्चामा देखिन्छ। किरण गौतम र शारदा रसाइली को सुमधुर आवाज मा रहेको उक्त गीत किरण गौतम को शब्द तथा संगीत मा नारायण दंगाल को म्युजिक एरेन्ज मा सजिएको छ ।
“झिसमिसे” गीतको भिडियोमामा सुनिता कालिकोटे,सुमन कालिकोटे,रन्जना सेन्चुरी लगायत अन्य साथिहरु को धमकेदार को अभिनय देख्न सकिन्छ । सन्तोष तिमिल्सिनाले छायांकन गरेको म्युजिक भिडियोलाई सनिष तिमिल्सिनाले निर्देशन गरेका छन् भने सम्पादन रोशन धितालको रहेको छ। सोहि भिडियोलाई सारदा रसाइलीको युट्युब च्यानल मार्फत गित हेर्न सकिन्छ ।
पुरा भिडियो…