
गुल्मीको धुर्कोट गाउँपाकिाका दुईवडामा बोका पाठामा तीन महिने संगिनी सुई लगाएको पाइएको छ । गाउँपालिकाले सूचना नै निकालेर सोमबार त्यसरी संगिनी सुई नलगाउन सचेत गराएको छ ।
सो गाउँपालिकाको वडा नम्बर १ को नयाँ गाउँमा र वडा नम्बर ७ को बाग्लामा बोका पाठाहरूलाई गर्भनिरोधका लागि महिलालाई लगाइने तीन महिने सुई लगाइएको जानकारी आएको गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृतले सूचनामा जनाएका छन् । उनले आइन्दा यसरी सुई नलागनसमेत भनेका छन् ।
पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताले तीन महिने सुइृ लगाएको बताइएको छ ।